बागमती प्रदेश : सभामुखको आहवनमा सर्वदलीय बैठक बस्दै


२४ भाद्र २०८०, आईतवार
bagmati samsad qRZ39FMswu
फाइल फोटो

मकवानपुर । बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकको आह्वानमा आज (आइतबार) सर्वदलीय बैठक बस्दै छ ।
बागमती प्रदेशसभामा एमालेसहितका विपक्षी दलको विरोधको कारण विगत दुई महिनादेखि बागमती प्रदेशसभाको बैठक बस्न सकेको छैन ।

प्रदेशसभा बैठक सञ्चालनका सम्बन्धमा छलफल गर्न सभामुख पाठकले सर्वदलिय बैठक आह्वान गरेका हुन् । बैठक बिहान १० बजे बस्दै छ । एमालेको विरोधको कारण गएको असार २२ गतेपछि बागमती प्रदेशसभाको बैठक बस्न नसकेको छैन ।
लामो समयसम्म बैठक नबस्दा गलत सन्देश जाने भएकाले सदन सञ्चालनका लागि सहमति जुटाउन सर्वदलीय बैठक बोलाएको पाठनकले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७