सर्लाहीको जनजीवन सामान्य, हटाइयो ‘कर्फ्यु’


२४ भाद्र २०८०, आईतवार
CDO office sarlahi z97kyot8Pr

सर्लाही । सर्लाहीको सदरमुकाम मलङ्गवामा लगाइएको निषेधाज्ञा (कर्फ्यु) हटाइएको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ८ बजेदेखि कर्फ्यु हटेको हो । अहिले जनजीवन सामान्य बन्दै गएको छ ।

बजार खुलेका छन् भने गाडी पनि सहज रुपमा चलिरहेका छन् । मलङ्गवामा हिजो बेलुका ५ बजेदेखि आज बिहान ८ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको थियो । अस्ती (शुक्रवार) बेलुका मलङ्गवा नगरपालिका चोकमा कृष्ण जन्माष्टमीको अवसरमा निर्माण गरिएको कृष्णको मूर्ति विसर्जन गरी फर्किने क्रममा विवाद भएको थियो । दुई पक्षबीचको विवादमा झडप भएको थियो ।

केही व्यक्ति र प्रहरी समेत घाइते भएका थिए । हिजो दिउँसो फेरि दुवै पक्षबीच विवाद बल्झिएपछि स्थानीय प्रशासनले सुरक्षा बढाउँदै कर्फ्यु लगाएको थियो । पूर्वमा झिम नदी, पश्चिममा मुसैली नहर, दक्षिणमा नेपाल–भारत सीमा क्षेत्र र उत्तरमा अस्थायी प्रहरी चौकी र बाबा पेट्रोल पम्पसम्म कर्फ्यु आदेश जारी गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७