सरकारलाई सदन र सडक दुवैबाट दबाब दिन्छौं : माधव नेपाल


२४ भाद्र २०८०, आईतवार
Madhav samajbadi hetauda scaled

मकवानपुर । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले समाजवादको मिसन सफल पार्न समाजवादी मोर्चा मोर्चा तयार गरिएको बताएका छन् । आज (आइतबार) हेटौंडामा समाजवादी मोर्चाद्वारा आयोजित सन्देश सभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री नेपालले जनहितको काम गर्न मोर्चा बनाइएको दाबी गरे ।

उनले भने, ‘अब सदन र सडक दुवैबाट दबाब दिनुपर्छ । सरकारमा रहेको पार्टीले सडकमा गएर आन्दोलन गर्नु हुँदैन भन्ने मान्यता छ । तर, त्यस्तो हुँदैन । सरकारलाई सडक र सदन दुवै स्थानबाट दबाब दिनुपर्छ । त्यसकारण हामीले समाजवादी मोर्चा बनाएका हौं । हामी सरकारलाई दुवै स्थानबाट दबाब दिन्छौं ।’

उनले संविधानको पूर्ण कार्यान्वयनको पक्षमा मोर्चाले काम गर्ने बताए। त्यस्तै भ्रष्टाचार मुक्त नेपाल, विकास तथा समृद्धि र राष्ट्रिय अखण्डताको विषय नै मोर्चाको प्रमुख उद्देश्य भएको बताएका छन् । अध्यक्ष नेपालले समाजवादी मोर्चामा आवद्ध हुन आग्रह गर्दै कार्यकर्तालाई उत्साहका साथ काम गर्न निर्देशन दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७