माघ १४–१८ गतेसम्म दशौं महाधिवेशन गर्ने एकीकृत समाजवादीको निर्णय


२८ भाद्र २०८०, बिहीबार
Madhav kumar nepal F70E4XHQca
फाइल फोटो

काठमाडौँ । सत्तारुढ नेकपा एकीकृत समाजवादीले आउँदो माघ १४ देखि १८ गतेसम्म पार्टीको दशौं महाधिवेशन गर्ने निर्णय गरेको छ । गत भदौ ५ देखि ७ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकले माघ १४–१८ मशाधिवेशन गर्ने निर्णय गरेको सो पार्टीले बिहीबार एक अपानि जारी गर्दै जानकारी गराएको छ ।

‘केन्द्रीय कमिटीको छैटौं बैठकबाट आगामी माघ १४–१८ मा पार्टीको दशौं महाधिवेशन गर्ने निर्णय भएको छ । अब हाम्रो केन्द्रीय काम महाधिवेशनको तयारीमा हुनेछ,’ पार्टी अध्यक्ष माधव नेपालले जारी गरेको अपानिमा भनिएको छ ।

जसको तयारी अुनसार आगामी मंसिर २५ गतेभित्र सदस्यता वितरण र नविकरणको विवरण प्रमाणीकरणका लागि केन्द्रीय संगठन विभागमा पठाउने निर्णय भएको अपानिमा उल्लेख छ । माणिकरणका लागि केन्द्रीय सङ्गठन विभागमा पठाइएको र केन्द्रीय सङ्गठन विभागबाट प्रमाणिकरण भएका सदस्यले मात्र पाइने बताइएको छ ।

त्यस्तै, कात्तिक १५ गतेसम्ममा महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजहरू तयार गरिसक्ने अपानिमा उल्लेख छ । कात्तिक १५ देखि पुस १५ सम्म दस्तावेजहरूमा छलफल बहस चलाउने, पुस २१ मा एकैदिन प्रतिनिधि छनोट गर्ने, पुस २५ गतेभित्र प्रतिनिधि छनोटको प्रतिवेदन केन्द्रमा पठाइसक्ने र २०८० माघ ५ भित्र प्रतिनिधिहरू यकिन गरिसक्ने कार्यक्रम तय भएको छ ।

s 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७