पद पाउनका लागि मात्र आउनेलाई रास्वपाले स्वीकार्दैन : सभापति लामिछाने


३० भाद्र २०८०, शनिबार
Rabi lamichhane 1
फाइल फोटो

गोरखा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देश र जनतालाई धोका दिने अधिकार कसैलाई नभएको बताएका छन् । गोरखा सदरमुकाममा आज आयोजित आमसभामा उनले एउटा युग पर्खेर जनताले आफ्नो पार्टीलाई भरोसा गरेको बताए ।

‘हामी व्यक्ति र पार्टी बनाउन हिँडेका होइनौँ, मुलुकमा परिवर्तन गर्न हिँडेका हौँ’, सभापति लामिछानेले भने । नेपाली जनताले रास्वपालाई आशा र भरोसाको पार्टीका रुपमा हेरेको उनको भनाइ थियो । देशलाई समृद्ध बनाउने रास्वपाको अभियान रहेको उल्लेख गर्दै सभापति लामिछानेले क्षमतावान व्यक्तिलाई राजनीतिमा लिएर जान चाहेको बताए । सभापति लामिछानेले पद पाउनका लागि मात्र आउनेलाई पार्टीले स्वीकार नगर्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७