ब्राजिलमा बिमान दुर्घटना, १४ जनाको मृत्यु


३१ भाद्र २०८०, आईतवार
brazil plane crash 4963814

रियो दि जिनरियो । ब्राजिलको अमेजोनास राज्यमा शनिबार एउटा विमान दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ ।

समाचार अनुसार सो राज्यको राजधानी मनौसबाट करिब ४०० किलोमिटर टाढा रहेको बार्सेलोसमा बिमान दुर्घटना भएको हो । मृत्यु हुनेमा अमेरिकी नागरिक पनि रहेको मिडिया रिपोर्टमा दाबी गरिएको छ । अमेजनस राज्यका गभर्नर विल्सन लिमाले सामाजिक सञ्जाल पोस्टमा भने, ‘शनिबार बार्सिलोसमा भएको विमान दुर्घटनामा परी १२ जना यात्रु र दुई चालक दलका सदस्यको मृत्यु भएकोमा गहिरो दुःख लागेको छ। हाम्रा टोलीहरू आवश्यक सहयोग प्रदान गर्न काम गरिरहेका छन् । मृतकका परिवार र आफन्तजनमा मेरो समवेदना र प्रार्थना छ ।’

यसअघि मानौस एरोट्याक्सी एयरलाइन्सले विमान दुर्घटनाको पुष्टि गर्दै घटनाको अनुसन्धान गरिरहेको बताएको थियो तर मृत्युबारे कुनै जानकारी दिइएको थिएन । एयरलाइन्सले एक विज्ञप्तिमा भनेको छ कि हामी यस कठिन समयमा दुर्घटनामा ज्यान गुमाउनेहरूको गोपनीयताको सम्मानमा भरोसा गर्दछौं र अनुसन्धान अगाडि बढ्दै जाँदा सबै जानकारी प्रदान गरिनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७