दाङमा माइक्रोबसले अटोरिक्सालाई ठक्कर दिँदा बालकको मृत्यु, ६ जना घाइते


३१ भाद्र २०८०, आईतवार
accident 2

दाङ । दाङमा माइक्रोबसले अटोरिक्सालाई ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपहानगरपालिका –६ गोलौराका १३ वर्षका दामोदर भण्डारी रहेका छन् । माइक्रोबसको ठक्करबाट घाइते भएका भण्डारीको आइतबार बिहान ११ बजे प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी ठाकुरप्रसाद पोखरेलले जानकारी दिए ।

दुर्घटनामा अटो चालकसहित अन्य ६ जना बालिका घाइते भएका छन् । नेपालगञ्जबाट रुकुमतर्फ जाँदै गरेको लु २ ख ५९१८ नम्बरको माइक्रोबसले तुलसीपुर उपमहानगरपालिका–१६ डोक्रेनाबाट तुलसीपुरतर्फ आइरहेको रा १ ह ४४५९ नम्बरको अटोलाई आइतबार बिहान करिब ९ बजेतिर टरिगाउँ विमानस्थल नजिकै ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका उनको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुर पोखरेलले जानकारी दिए।

गाडीको ठक्करबाट घाइते हुने ६ मध्ये अटो चालक तलसीपुरकै ५७ बर्षीय तिलबहादुर कार्की को अवस्था गम्भीर छ । उनको टाउँको र अनुहारमा गहिरो चोट पटक लागेको छ प्रहरीले जनाएको छ । तुलसीपुरमा सामान्य उपचार गरी थप उपचारको लागि उनलाई बाँकेको कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको छ । बाँकी घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको डीएसपी पोखरेलले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७