सुनको दैनिक आयात कोटा २० किलो पुर्‍याइयो


५ आश्विन २०८०, शुक्रबार
gold
सांकेतिक तस्वीर

काठमाडौं । नेपाल राष्ट्र बैंकले दैनिक सुन आयातको कोटा बढाएको छ । राष्ट्र बैंकले दैनिक २० किलो सुन आयात गर्न पाउने व्यवस्था गरेको हो । राष्ट्र बैंक स्रोतका अनुसार आज वा भोलि यसबारे सर्कुलर जारी हुनेछ ।

यसअघि वाणिज्य बैंकहरूले दैनिक १० किलो सुन आयात गर्न पाउने व्यवस्था थियो । ‘उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सुन आयातको कोटा बढाउन पत्र लेखेको थियो’, स्रोतले भन्यो, ‘सोही अनुसार कोटा बढाउने निर्णय भएको छ । अब सर्कुलरमार्फत जानकारी दिइनेछ ।’

वाणिज्य बैंकहरूले दैनिक २० किलो सुन आयात गर्दै आएकोमा राष्ट्र बैंकले २०७८ फागुन २२ गते परिपत्र जारी गर्दै दैनिक कोटा १० किलोमा झारेको थियो । त्यसयता वाणिज्य बैंकहरूले दैनिक १० किलो सुन आयात गरिरहेका थिए । व्यवसायीहरूले नेपाली बजारमा दैनिक ३० देखि ४० केजीसम्म सुनको माग भएको दाबी गर्दै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७