रूखमा कार ठोक्किँदा पाँच जनाको मृत्यु


९ आश्विन २०८०, मंगलवार
nprkhama kara thakakatha mathhaya parathashama paca janaka mataya.YoRW6snb4c

नयाँदिल्ली । भारतको मध्य प्रदेशको उमरिया जिल्लाको राजमार्ग ४३ मा सोमबार बिहान रूखमा एउटा कार ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ ।

वीरसिंहपुर पाली थाना क्षेत्रमा सोमबार राति १२ः३० बजे दुर्घटना भएको हो । कारमा सवार पाँच जनामध्ये तीन जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

वीरसिंहपुर पाली प्रहरी चौकीका प्रमुख मदनलाल मारावीले भने, ‘शहडोल जिल्लाबाट कारमा आएका पाँच जना गत राति जिल्लाको एक दाभामा खाना खाएर फर्किने क्रममा भएको दुर्घटनामा तीन जनाको घटनास्थलमा नै र दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ ।’

घटनाको जानकारी पाएलगत्तै प्रहरी घटनास्थलमा पुगेको र घटनाको अनुसन्धान सुरु गरेको छ । मृतकको शव पोष्टमार्टमका लागि पठाइएको र त्यसपछि परिवारको जिम्मा लगाइने मारवीले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७