काठमाडौं महानगर र ईःबीच आज वार्ता हुँदै, बालेन नबस्ने


९ आश्विन २०८०, मंगलवार
F67FfnKXAAArnlv

काठमाडौं । काठमाडौं महानगरपालिका र अभियन्ता ईः बीच वार्ता हुने भएको छ । राष्ट्रिय सभागृह बाहिर आठ दिनदेखि उभिइरहेका ईः सँग महानगपालिकाले साढे २ बजे वार्ता गर्न लागेको हो ।

वार्तामा महानगरपालिकाका मेयर बालेन शाह भने सहभागी नहुने बताइएको छ । काठमाडौं महानगरपालिकाले प्रवक्ता नवीन मानन्धरको नेतृत्वमा वार्ता टोली बताएको छ । अभियन्ता ईःको तर्फबाट भने ईः कै नेतृत्वमा वार्ता टोली बनेको छ । मानन्धरले साढे २ बजे ईः सँग वार्ता हुन लागेको जानकारी दिएका छन् ।

मंगलबारको वार्तामा महानगरबाट प्रवक्ता मानन्धरसँगै दुईजना वडाध्यक्ष, कानुन तथा मानव अधिकार विभागका प्रमुख बसन्त आचार्य, मेयर बालेनको सचिवालय प्रतिनिधि बस्ने तय भएको छ । आन्दोलनरत पक्षबाट ईः, कानुन विज्ञ, शहरी विकास विज्ञसहित ४ जनाको टोली जानेछ ।

फुटपाथ व्यवसायीको उचित व्यवस्थापन हुनुपर्नेलगायतका माग राखेर ईःसहितका अभियन्ता काठमाडौं महानगरपालिकाको कार्यालय राष्ट्रिय सभागृह बाहिर उभिइरहेका छन् । यसअघि सोमबार मेयर बालेन शाहले वार्ता गर्न भन्दै ईःलाई बोलाउन नगर प्रहरी पठाएका थिए । ईःले एक्कासी आएर धम्कीको शैलीमा एक्लै बोलाएपछि नगएको बताएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७