‘डाक्टर चुटेर आएँ’ भन्ने इन्स्पेक्टर श्रेष्ठ निलम्बित, वैदाममा डीएसपीको सरुवा


१० आश्विन २०८०, बुधबार
Madan Shrestha

काठमाडौं । गृह मन्त्रालयले वडा प्रहरी कार्यालय वैदाम कास्कीमा कार्यरत डीएसपी वेद जोशीको समय नपुग्दै सरुवा गरेको छ । एक उच्च प्रहरी अधिकारीका अनुसार गृह मन्त्रालयले नै जोशीलाई सरुवा गरिदिएको हो ।

यस्तै अनुसन्धान अवधिभरका लागि प्रहरी निरीक्षक मदन श्रेष्ठलाई निलम्बन गरेको छ । श्रेष्ठ उनै प्रहरी हुन्, जसले डाक्टर कुटिएका मणिपाल अस्पतालमा पुगेर आफूले नै अर्का डाक्टरलाई रगताम्य हुने गरी कुटेर आएको सार्वजनिक अभिव्यक्ति दिएका थिए ।

पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचाररत एक महिलाको मृत्युपछि उत्पन्न विवादमा सुरक्षाका लागि खटिएका श्रेष्ठले चिकित्सक र मृतकका आफन्तबीच भएको झडपका बेला विवादास्पद अभिव्यक्ति दिएका थिए । गण्डकी प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महारीक्षक वुद्धिराज गुरुङले इन्सपेक्टर श्रेष्ठमाथि अनुसन्धानका लागि निलम्बन गरिएको जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७