चीनलाई चुनौती दिन ताइवानले बनायो पहिलोपल्ट पनडुब्बी


१२ आश्विन २०८०, शुक्रबार
taiwan pandubbi fzvIGnVEk7

काठमाडौँ । चीनको खतरासँग जुध्न ताइवानले आफ्नो पहिलो स्वदेशी पनडुब्बी बनाएको छ । बीबीसीका अनुसार ताइवानकी राष्ट्रपति साई इङ वेनले पनडुब्बीको प्रक्षेपण कार्यक्रममा भाग लिइन् ।

अमेरिकी अधिकारीहरूले ताइवानलाई आगामी वर्षहरूमा चीनले आक्रमण गर्नसक्ने चेतावनी दिएका छन् । चीनले ताइवानलाई आफ्नो हिस्सा भएको दाबी गर्दै चीनको ‘मुख्य भूमि’ मा एउटा मात्र सरकार रहेको बताउँछ ।

युक्रेनमा रुसले आक्रमण गरेपछि ताइवानको भविष्यबारे बहस चर्किएको छ कार्यक्रममा राष्ट्रपति वेनले भनिन्, ‘यो दिनलाई इतिहासले सदा स्मरण गरिरहने छ, पहिले यो काम असम्भव मानिन्थ्यो तर हामीले गरेर देखायौँ ।’ एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७