चिकित्सकहरूलाई गृह सचिवको आग्रह : सर्वसाधरण लक्षित आन्दोलन नगर्नुस्


१२ आश्विन २०८०, शुक्रबार
sdd1695973508

काठमाडौं । गृह मन्त्रालयले आन्दोलनरत चिकित्सकहरूलाई आन्दोलन फिर्ता लिएर काममा फर्किन आह्वान गरेको छ ।
आज (शुक्रबार) गृह सचिव दिनेश भट्टराईले आन्दोलनरत चिकित्सकहरूलाई वार्ताबाट समाधान खोज्न र आन्दोलन फिर्ता लिएर बिरामीको उपचारमा फर्किन आग्रह गरेका हुन् ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा गृहसचिव भट्टराईले दोषीलाई कानुनी दायरामा ल्याएकाले सडकमा आउन जरुरी नरहेको बताए । ‘वार्ताद्वारा संवाद हुन सक्ने विषयलाई लिएर सडकमा आएर आन्दोलन गर्न जरुरी छैन,’ उनले भने । गृहसचिव भट्टराईले सेवा अवरुद्ध नगर्न आग्रह गरे । मणिपाललगायतका अस्पतालमा स्वास्थ्यकर्मीमाथि कुटपिट भएपछि स्वास्थ्यकर्मी आन्दोलित छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७