सरकार र आन्दोलनरत चिकित्सकबीच वार्ता हुँदै


१३ आश्विन २०८०, शनिबार
Doctor dang

काठमाडौं । सरकार र आन्दोलनरत चिकित्सकहरूबीच वार्ता हुने भएको छ । गृह मन्त्रालयमा आज (शनिबार) ४ बजेदेखि वार्ता सुरु हुने बतााइएको छ । चिकित्सकमाथि कुटपिटका घटना बढेपछि चिकित्सकहरू आन्दोलनरत रहेका छन् ।

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन २०७८ अविलम्ब कार्यान्वयन गर्नुपर्ने चिकित्सकहरूको माग छ । पछिल्लो समय पोखराको मणिपाल अस्पताल, ललितपुरको पाटन अस्पताल, लमजुङ, सुर्खेत र हेडौंडालगायतका जिल्लामा चिकित्सक एवम् स्वास्थ्यकर्मीहरूमाथि आक्रमण भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७