गौशालामा एक व्यक्तिमाथि छुरा प्रहार, घटनास्थलबाट पेस्तोल बरामद


१५ आश्विन २०८०, सोमबार
latest News nayapage1 scaled

काठमाडौं । काठमाडौंको गौशाला एक व्यक्तिमाथि छुरा प्रहार भएको छ । साजन हुसेन भन्ने व्यक्तिमाथि छुरा प्रहार भएको हो । साजन हुसेन गौशालाको पिके डायग्नोस्टिक सेन्टर सन्चालन गर्दछन् ।

उनीमाथि चक्कु प्रहार भएको जानकारी पाएपछि प्रहरी पुग्दा घटनास्थलबाट एक थान पेस्तोल बरामद भएको प्रहरी वृत्त गौशालाका डिएसपी केशव थेबेले जानकारी दिए । छुरा हान्ने गर्ने व्यक्ति फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आइसकेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७