सभामुख घिमिरे र अष्ट्रेलियाका सभामुख डिकबीच भेटघाट


१७ आश्विन २०८०, बुधबार
202310041623 645ebf0b 95dc 4e3c 95be 9f1451d4c8fd medium

काठमाडौँ । सभामुख देवराज घिमिरेसँग अष्ट्रेलियाका सभामुख मिल्टन डिकले आज सिंहदरवारमा शिष्टाचार भेट गरेका छन् । सभामुख कार्यकक्षमा भएको भेटघाटमा संसदीय अनुभव आदानप्रदान, द्विपक्षीय सम्बन्ध विस्तारलगायतका विषयमा छलफल भएको छ ।

नेपाल र अष्ट्रेलिया लोकतान्त्रिक मुलुक भएको उल्लेख गर्दै सभामुख घिमिरेले लोकतान्त्रिक पद्धति, मूल्य–मान्यता र संस्थालाई थप सुदृढ बनाउन अनुभव आदानप्रदान गर्नुपर्नेमा जोड दिए । उनले उच्चस्तरीय भ्रमणले दुईदेशबीच विद्यमान मित्रवत् सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरे ।

अष्ट्रेलियामा संसदीय मैत्री समूह पुनःस्थापना भएकोमा खुसी व्यक्त गर्दै सभामुख घिमिरेले नेपालमा भर्खरै गठन भएको नेपाल–अष्ट्रेलिया मैत्री समूहले दुई देशका संसद्बीचको सम्बन्धलाई थप गतिशील बनाउन विश्वास व्यक्त गरे । उनले युवा राजनीतिज्ञहरूको भ्रमण आदानप्रदानले दुई देशबीचको राजनीतिक तथा जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउने उल्लेख गरे ।

सभामुख घिमिरेले दुई देशबीच व्यापार तथा लगानी फ्रेमवर्क सम्झौतामा यथाशीघ्र हस्ताक्षर हुन सके दुई देशबीचको व्यापार तथा लगानीले थप गति लिने विश्वास व्यक्त गरे । उच्च शिक्षा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरुका लागि अष्ट्रेलिया महत्वपूर्ण गन्तव्य रहेको बताउँदै सभामुख घिमिरेले नेपाली विद्यार्थीहरुका लागि थप छात्रवृत्ति तथा अध्ययनपछि स्वदेशमै फर्कन प्रेरित गर्न आग्रह गरे ।

अष्ट्रेलियाका सभामुख डिकले दुई मुलुकबीच जनस्तरमा सम्बन्ध विकास गर्नुपर्नेमा जोड दिँदै आफ्नो मुलुक नेपालसँग विकास साझेदारी र जलवायु परिवर्तनविरुद्धको अभियानमा साथमै रहने बताए । उनले नेपालमा पनि अष्ट्रेलिया हेर्ने गरी संसदीय मैत्री समूह गठन भएकोमा स्वागत गर्दै कानुन निर्माण, बजेट लगायतका नीतिगत विषयमा छलफल हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७