एमाले सुदूरपश्चिम प्रदेश अधिवेशन आजबाट, अध्यक्षमा तीन जनाको दाबी


२१ आश्विन २०८०, आईतवार
uml sudur1696693126

कैलाली । नेकपा एमालेको सुदूर पश्चिम प्रदेश प्रथम अधिवेशन आजबाट सुरु हुँदै छ । अधिवेशनको धनगढीस्थित सौराइ ब्यांक्वेटमा ११ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् ।

आज उद्घाटन सत्र सकिए लगत्तै भावी नेतृत्व चयनका लागि बन्द सत्र सुरु हुनेछ । अहिलेसम्म प्रदेशको अध्यक्षमा नेताहरू कृष्णप्रसाद जैसी, कमल तिमिल्सिना र वचनबहादुर सिंहले दाबी गरेका छन् ।

उनीहरूबीच अहिलेसम्म सहमति भने जुट्न सकेको छैन । अध्यक्ष बाहेकका अन्य सबै पदाधिकारी पदमा पनि आकांक्षीहरू धेरै छन् । अधिवेशनले पदाधिकारीसहित १५५ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७