सामाजिक सञ्जाल निषेध गर्ने अधिकार जिल्ला प्रशासन कार्यालयलाई दिनुपर्छ : सांसद जबरा


२१ आश्विन २०८०, आईतवार
dhawal shamsher
फाइल फोटो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवल शमशेर जबराले जिल्ला प्रशासन कार्यालयले चाहेमा सामाजिक सञ्जालको प्रयोग निषेध गर्न सक्ने व्यवस्था गर्नुपर्ने बताएका छन् ।

आज (आइतबार) प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद जबराले देशमा धार्मिक द्वन्द्व हुनसक्ने खतरालाई औँल्याउँदै संवेदनशील जिल्लाहरुमा जिल्ला प्रशासन कार्यालयले चाहेमा केही दिनलाई सामाजिक सञ्जाल निषेध गर्न सक्ने व्यवस्था गर्नुपर्ने बताए । उक्त व्यवस्था केही दिनका लागि मात्रै हुने उनले स्पष्ट पारे ।

सामाजिक सञ्जाललाई नियमन गर्नुपर्ने र ठाउँको ठाउँ कारबाही गर्ने व्यवस्था मिलाउनु पर्ने बताउँदै उनले भने, ‘संवेदनशील जिल्लाहरुमा टिकटक, रिललगायत अरु माध्यमहरुलाई जिल्ला प्रशासनले चाहेमा, उपयुक्त ठानेमा केही दिनको लागि, समस्या समाधान र रोक्नका लागि निषेध गर्ने पनि हामीले व्यवस्था र अधिकार मिलाउँदा राम्रो होला ।’

राष्ट्रपतिले कैद माफी दिएर कानुनी राज्यको धज्जी उडाएको भन्दै उनले राष्ट्रपतिले मन्त्रिपरिषद्को निर्णय र मन्त्रिपरिषद्ले पार्टीको निर्णय मान्नुपर्ने अवस्था रहेको बताए । उनले मुलुकमा सबैको साझा राजा चाहिएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७