आजदेखि हलमा ‘परदेशी–२’ र ‘कौसीद’


२६ आश्विन २०८०, शुक्रबार
ffff

काठमाडौं । फ्राइडे रिलिजअन्तर्गत आज दुईवटा नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । ‘परदेशी–२’ र ‘कौसीद’ आज रिलिज भएका हुन् ।

‘परदेशी–२’लाई नारायण रायमाझीले निर्देशन गरेका हुन् । रमेश बिजीको लेखन रहेको चलचित्रमा प्रकाश सपूत, दिलीप रायमाझी, केकी अधिकारी, वर्षा शिवाकोटीलगायत कलाकार मुख्य भूमिकामा छन् । गायनमा मज्जाले जमेका प्रकाश सपुतको पहिलो चलचित्र उनका लागि नयाँ करिअरको परीक्षा समेत हो ।

कुमार भाष्करको निर्देशन रहेको ‘कौसीद’ मा भोलाराज सापकोटा र ऋचा शर्मा मुख्य भूमिकामा छन् । यो चलचित्र भने प्रचार बिना नै रिलिज भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७