सन्दिप लामिछानेले पाउने भए कार, बने ब्राण्ड एम्बेसडर


९ जेष्ठ २०७५, बुधबार
sandip car

काठमाडौं, ९ जेठ । चर्चित युवा क्रिकेटर सन्दिप लामिछानेले कार पाउने भएका छन् । इण्डियन प्रिमियर लिग खेलेर फर्किए लगत्तै सन्दिपले कार पाउने भएका हुन् ।sandip car

टाटाको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले तीन वर्षका लागि ब्राण्ड एम्बेसडर घोषणा गर्दै कार उपहार दिन लागेको हो । कारको सबै मूल्य कम्पनीले दिनेछ । उनले टाटा मोटर्सको टिगोर कार चढ्ने भएका छन् ।
१७ वर्षका सन्दिप हालै मात्र आईपीएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका थिए ।

उनले दिल्ली डेडरडेभिल्सबाट अन्तिम तीन खेलको मौका पाएका थिए तर, आफूलाई अब्बल सावित गरेका छन् । आईपीएलमा दिल्लीको अन्तिम खेलमा उनले मुम्बई इन्डियन्सविरुद्ध तीन विकेट लिए । उनलाई दिल्लीले सर्वाधिक प्रतिभाशाली खेलाडी समेत भनेको छ । दिल्लीको नजर अन्य खेलाडी भन्दा पनि सन्दिपमाथि बढी परेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७