गैरआवासीय नेपालीले आजदेखि नागरिकता पाउँदै, पहिलो नागरिकता कुल आचार्यलाई


३० आश्विन २०८०, मंगलवार
kul acharya

काठमाडौं । सरकारले आज (मंगलबार) देखि गैरआवासीय नेपालीहरुलाई नागरिकता वितरण गर्दैछ । नागरिकता वितरणको शभारम्भ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्दैछन् ।

प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री निवास बालुवाटारमा नागरिकता वितरणको शुभारम्भ गर्ने कार्यक्रम छ । आज बिहान ७ बजे नागरिकता वितरण कार्यको शुभारम्भ गर्ने कार्यक्रम तय भएको भए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ धनगढीमा रोकिएकाले केहि पछि सारिएको उनको सचिवालयले जनाएको छ । पहिलो गैरआवासीय नागरिकता एनआरएनए अध्यक्ष कुल आचार्यलाई प्रदान गर्ने कार्यक्रम तय भएको छ ।

आचार्यले सामाजिक सञ्जालमार्फत पहिलो गैरआवासीय नागरिकता आफूलाई प्रदान गर्न लागेकोमा आभार व्यक्त गरेका छन् । आजैबाट गैरआवासीय नेपाली सङ्घ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनएको) ११ औँ विश्व सम्मेलन काठमाडौँमा सुरु हुँदैछ । सोही दिन पारेर सरकारले नागरिकता वितरण सुरु गर्न लागेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७