स्वास्थ्य बीमा बोर्डका पाँच सदस्यले दिए सामुहिक राजीनामा


३० आश्विन २०८०, मंगलवार
swastha bima board 2

काठमाडौं । स्वास्थ्य बीमा बोर्डका पाँच सदस्यले सामुहिक राजीनामा दिएका छन् । बोर्डमा कार्यवाहक कार्यकारी निर्देशक नियुक्त गरेको भोलिपल्ट बोर्डका मनोनित सदस्य डा. सुरेश तिवारी, डा. तारा साह, चन्द्र थापा, टीका चापागाईं भट्टराई र इन्द्रकला राईले राजीनामा दिएका छन् ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतलाई उनीहरूले राजीनामा बुझाएका हुन् । लामो समयदेखि बोर्ड अध्यक्ष नियुक्त नगरेको, बीमा कार्यक्रम गिजोल्न गलत मनसायले कार्यकारी निर्देशकलाई निलम्बन गरेको, आवश्यक जनशक्ति व्यवस्थापन नगरेको भन्दै राजीनामा दिएको उनीहरुको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७