सुडान युद्धमा चार हजारको मृत्यु


१ कार्तिक २०८०, बुधबार
sudan 2

काठमाडौं । सुडानमा युद्ध सुरु भएको छ महिनामा झण्डै चार हजार मानिस मारिएको तथा हजारौँ घाइते भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । सुडानमा जारी मानवीयता विरोधी गतिविधि तथा लडाइँका कारण लाखौँ मानिस छिमेकी राष्ट्र दक्षिण सुडान र चाडमा गएको राष्ट्रसङ्घका मानव अधिकारवादीहरूले बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घीय शरणार्थी एजेन्सी (युएनएचसीआर) को रिपोर्टअनुसार अप्रिलदेखि अगष्ट महिनासम्मको अवधिमा अधिकांश हताहतीका घटनाहरू पश्चिम डार्फरमा त्यहाँको जातीयताका कारण लक्षित भएको राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसका मुख्य प्रवत्ता स्टेफन डुजारिकले बताए । उनका अनुसार डार्फरमा २९ वटा सहर, नगर र गाउँमा लुटपाट गरिएको र ती क्षेत्रलाई ध्वस्त पारिएको छ ।

‘युएनएचसीआर र साझेदारहरूले उत्तर र पश्चिम डार्फरका विस्तथापित परिवारलाई राहत सामाग्रीहरू उपलब्ध गराए’, डुजारिकले भने, ‘हामी शरणार्थीसहित सर्वसाधारण र आन्तरिकरूपमा विस्थापितहरूलाई मानवीय सहयोग उपलब्ध गराउन मार्ग प्रशस्त गर्न अनुरोध गर्दछौँ ।’

सुरुमा राजधानी खार्तुममा सुडानी सशस्त्र बल र सहयोगी फोर्सबीच लडाइँ सुरु भएसँगै देशभर फैलिएको थियो । हिंसाले हजारौँ नागरिकलाई सुडान र छिमेकी मुलुकहरूमा सुरक्षित स्थानमा भाग्न बाध्य पारेको थियो । संयुक्त राष्ट्रसङ्घको मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) ले दक्षिण सुडानामा हजारौँ सर्वसाधारण आउने क्रम जारी रहेको बताएको छ । शुक्रबारसम्म तीन लाख १० हजार मानिस सीमा पार गरेर दक्षिण सुडान प्रवेश गरेका थिए र तीमध्ये अधिकांश दक्षिण सुडानी शरणार्थीहरू थिए ।

दक्षिणी सुडानमा मानवीय संयोजक मारी–हेलेन भर्नीले साताहरू बित्दै जाँदा मानिसहरू कम स्रोत र कमजोर स्वास्थ्यसहित आइरहेको बताउनुभयो । सुडानमा अवस्था अझ खराब हुँदा आउने मानिसमा कुपोषणको स्थिति पनि बढिरहेको छ ।
आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन र यसका साझेदारहरूले एक लाख ५० मानिसलाई उनीहरूको अन्तिम गन्तव्यमा पुग्न मद्दत गरेका छन् । सुडानबाट आएका हजारौँ बालबालिकाको जीवन बचाउन पोषणयुक्त सामग्री उपलब्ध गराउन आवश्यक रहेको मानवअधिकारवादीहरूले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७