बैंकबाट पैसा निकाल्ने वित्तिकै दुई युवाले यसरी लुटे एक लाख


१ कार्तिक २०८०, बुधबार
pakrau
सांकेतिक तस्वीर

दाङ । दाङमा आज (बुधबार) दिउँसो एक लाख रुपैयाँ लुटेर भागेका दुई युवक पक्राउ परेका छन् । तुलसीपुरबाट एक लाख रुपैयाँ लुटेर भागेका दुई युवकलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–५ सम्झना टोलका २१ वर्षीय आयुष विक र १८ वर्षीय सुनिल मगर रहेका इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । तुलसीपुर–८ का दिनेश वलीले बैंकबाट पैसा निकाले लगत्तै पिछा गरी उनीहरूले लुटेका थिए । पैसा लुटिएको खबर पाउना साथ इलाका प्रहरी कार्यालय तुलसीपुर, नयाँ बसपार्क र बेलुवा प्रहरी चौकीबाट प्रहरी परिचालन भएको थियो ।

तीन तर्फबाट प्रहरीले घेरा हालेर लुटेराको खोजी थालेको थियो । प्रहरीले पिछा गर्दै जाने क्रममा तुलसीपुर–१० राइखल्यान क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूमाथि अनुसन्धान हुन बाँकी रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७