पूर्वराजाले लगाई दिए सर्वसाधरणलाई दसैंको टीका (तस्वीरहरु)


७ कार्तिक २०८०, मंगलवार
Purba Raja Tika

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले विजयादशमीका दिन आफन्त तथा सर्वसाधारणलाई टीका लगाइदिएका छन् । शाहले निर्मल निवासमा टीका लगाइदिएका हुन् ।

ra 2

पूर्व युवराज पारस शाह समेत उपस्थित टीका समारोहमा राजावादी सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो । टीका ग्रहण गर्न पुगेका सर्वसाधारणले ‘हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ’, ‘राजा आऊ देश बचाउ’ जस्ता नारा समेत लगाएका थिए ।
दुर्गा पक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसाद ग्रहण गर्नुअघि विधिपूर्वक नौ दिनसम्म नवदुर्गाको आह्वान गरी पूजा आराधना गरिएको दसैँ घर वा पूजा कोठामा देवी विसर्जन गरिन्छ ।

ra

आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रूप मानेर लगाउने गरिन्छ ।

ra1
ra 4

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७