विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाले बङ्लादेशलाई १४९ रनले हरायो


८ कार्तिक २०८०, बुधबार
F9OAl jakAA4QmK I5jWu7Pe4v

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले बङ्लादेशलाई १९ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।
जितसँगै दक्षिण अफ्रिका पाँच खेलमा ८ अङ्कका साथ तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । उसको सेमिफाइनलको सम्भावना पनि बलियो बनेको छ । जितका लागि ३८३ रनको लक्ष्य पछ्याएको बङ्लादेश ४६ ओभर ४ बलमा २३३ रनमा अलआउट भयो ।

बङ्लादेशका महमुदुल्लाह रियादले सर्वाधिक १११ रनको शतकीय पारी खेले पनि टोलीको हार टार्न सकेनन् । उनको एक दिवसीयमा चौथो र विश्व कपको तेस्रो शतक हो । दक्षिण अफ्रिकाका जेराल्ड कोट्जीले ३ तथा कागिसो रबाडा, मार्को यानसन र लिजार्ड विलियम्सले समान दुई विकेट लिए । केशव महाराजले एक विकेट लिए ।

त्यसअघि मुम्बईमा टस जितेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ८२ रन बनाएको थियो । यो विश्व कपमा दक्षिण अफ्रिकाले तेस्रो पटक ३५० भन्दा धेरै रन बनाएको हो । यसअघि श्रीलंकासँगको खेलमा ४ सय २८ र इङ्ल्यान्डसँगको खेलमा ३९९ रन बनाएको थियो । दक्षिण अफ्रिकाका क्विन्टन डिककले सर्वाधिक १७४ रन बनाए । यो विश्व कपमा उनको तेस्रो शतक हो ।

हेनरिक क्लासेनले ९० रन जोडे । कप्तान एइडन मारक्रम ६० रनमा आउट भए । बङ्लादेशका हसन महमुदले दुई विकेट लिए । मेहेदी हसन मिराज, शोरिफुल इस्लाम र कप्तान शकिब अल हसनले समान एक विकेट लिए । विश्वकप क्रिकेटमा आज अस्ट्रेलिया र नेदरल्यान्ड्सबीच खेल हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७