राजेश–मधुको यस्तो भयो दसैं, रविदेखि रामसम्मलाई लगाई दिए टीका (तस्वीरहरु)


९ कार्तिक २०८०, बिहीबार
rajesh

काठमाडौं । नेपाली चलचित्रका अभिनेता राजेश हमालले यस पटकको दसैंमा गायक रवि ओडदेखि हजाम राम ठाकुरसम्मलाई दशैंको टीका लगाई दिएका छन् ।

मंगलवारको विजया दशमीको टीका लगाई दिएको तस्वीरहरू महानायक राजेश हमालले बुधवार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् । तस्वीरमा राजेशले पत्नी मधु भट्टराईसहित विभिन्न व्यक्तिलाई टीका लगाइदिएको देख्न सकिन्छ ।

ती व्यक्तिहरूलाई राजशसँगै मधुले पनि टीका लगाइदिएकी छिन् । एउटा तस्वीरमा टीका लगाइदिएपछि मधुले राजेशलाई ढोगिरहेको देख्न सकिन्छ । रवि नेपाल आइडल जितेर गायनमा उदाएका गायक हुन् । यता, राम राजेश, निखिल उप्रती, सौगात मल्ललगायत थुप्रै कलाकारको कपाल काट्ने गरेका हजाम हुन् ।
तस्वीरहरु

Rajesh hama madhu 1
Rajesh hama madhu 2
Rajesh hama madhu 3
Rajesh hama madhu 4
Rajesh hama madhu 5
Rajesh hama madhu 6
Rajesh hama madhu 7
Rajesh hama madhu 8
Rajesh hama madhu 9

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७