सुनको भाउले दिनहुँ नयाँ ‘रेकर्ड’ बनाउँदै, तोलाकै एक लाख १७ हजार पुग्यो


१२ कार्तिक २०८०, आईतवार
Gold 2

काठमाडौं । आज (आइतबार) नेपाली बजारमा सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भइरहेको छ । सातको पहिलो दिन बजारमा सुनकाे मूल्य प्रतितोला १ लाख १७ हजार रुपैयाँमा कायम भएको छ । यसअघि गत शुक्रबार मात्रै हालसम्मकै उच्च १ लाख १६ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजाबी सुनको मुल्य प्रतितोला १ लाख १६ हजार ४५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी यस दिन चाँदी तोलामा १ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

शनिबार मात्रै सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको हो । शनिबार बजारमा सुनको मूल्य तोला १ हजार रुपैयाँले वृद्धि भइ १ लाख १७ हजार रुपैयाँ कायम भएको हो । यसअघि भने शनिबार सुनको कारोबार बन्द हुने गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७