मुगु सामुहिक हत्या प्रकरण : शंकास्पद एक जना पक्राउ


१३ कार्तिक २०८०, सोमबार
Mugu morder

मुगु । मुगुमा तीन बालबालिकासहित चार जनाको हत्या प्रकरणमा प्रहरीले एक शंकास्पद व्यक्तिलाई पक्राउ गरेको छ ।
आइतबार जिल्ला सदरमुकाम गमगढीस्थितबिच बजार (नगरपालिका जाने बाटो) नजिकैबाट प्रहरीले ती शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको हो ।

यद्यपि ती व्यक्तिको नाम ठेगाना भने गोप्य राखिएको छ । अनुसन्धानमा बाधा नपुगोस् भन्ने उद्देश्यले नाम सार्वजनिक नगरिएको प्रहरीको भनाइ छ । उक्त घटनाको अनुसन्धान गर्न तालिम प्राप्त कुकुर, प्रदेश प्रहरी कार्यालयको अनुसन्धान विशेष टोली र जुम्लाबाट पनि अनुसन्धान विशेष टोली खटिएको छ । तर, तालिम प्राप्त कुकुरले पनि कुनै सङ्केत दिन सकिरहेको छैन । आइतबारदेखि अनुसन्धानलाई सघाउन डीआईजी भीमप्रसाद ढकाल पनि घटनास्थलमा पुगेका छन् ।

शुक्रबार छाँयानाथ रारा नगरपालिका–६ मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा र उनका ११ वर्षीय छोरा मनोज बोहोरा, ८ महिनाका छोरा रहर बोहोरा र ८ वर्षीया छोरी अप्सरा बोहोराको शव घरभित्रै फेला परेको थियो । उनीहरुको शनिबार शव जिल्ला अस्पतालमा ल्याइएको भए पनि हालसम्म पोस्टमार्टम हुन सकिरहेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७