रिगलविरुद्ध भारतीको रिट : खतिवडा, मल्ल र चुँडालको इजलासमा


१४ कार्तिक २०८०, मंगलवार
rigal 1

काठमाडौं । गुण्डा नाइके योगराज ढकाल (रिगल) विरुद्धको रिटमा आज (मंगलबार) सुनुवाइ हुँदैछ । जन्मकैदको फैसला सुनाइएका व्यक्तिलाई राष्ट्रपतिबाट कैद छुट दिइएपछि सर्वोच्च अदालतमा खुँडा हानेर मारिएका चतन मानन्धरकी पत्नी भारती सर्वोच्च अदालत पुगेकी थिइन् ।

उक्त मुद्दामा सुनुावाइका लागि सर्वोच्चका न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासमा पेशी तोकिएको छ । २०७२ साल असार २८ गते बाँकेको नेपालगन्ज–१६ को मुख्य सडकमै रहेको ज्योति सिम्ताली होटेल अगाडि रिगलसहितको करिब १५ जनाको समूहले स्थानीय चेतन मानन्धरको हत्या गरेको थियो ।

सोही प्रकरणमा २०७५ साल वैशाख ११ गते बाँके जिल्ला अदालतले रिगललाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । जिल्ला अदालतको फैसलामा उनी २०७२ भदौ ७ गते पक्राउ परेका कारण २०९२ साल भदौ ६ गतेसम्म जेलमा राख्नुपर्ने फैसला गरिएको थियो । तर, संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले रिगलको बाँकी कैद मिनाहा गरिदिएका थिए ।

जम्मा ८ वर्ष जेल बसेर कैदमुक्त भएपछि आफूहरू त्रासमा रहेको र अपराधीलाई गर्नुपर्ने सजाय नपुगेको भन्दै चेतनकी पत्नी भारतीले सर्वोच्चमा बाँकी कैद कट्टाविरुद्ध रिट दर्ता गराएकी थिइन् । रिटमा भारतीले राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय बाँके, जिल्ला प्रशासन कार्यालय दाङ, कारागार कार्यालय दाङ, महान्यायाधिवक्ताको कार्यालय र गिल भन्ने योगराज ढकाललाई समेत विपक्षी बनाएकी छन् । यसअघि असोज २५ गते तोकिएको पेशी हेर्न नमिल्ने भएर सरेको थियो । तर, यस मुद्दामा आजबाट भने निरन्तर सुनुवाइ हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७