संसदमा महासचिव गुटेरेसले भने–यो सुन्दर देशले मलाई सधैं मोहित बनाउँछ


१४ कार्तिक २०८०, मंगलवार
guteras in samsad
काठमाडौँ, १४ कात्तिक : नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस मङ्गलबार बसेको प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै। तस्बिर : रत्न श्रेष्ठ/रासस

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसले आफू दोस्रो पटक नेपाल आएको भन्दै यो देशको संस्कृति, सभ्यता र आतिथ्यले आफूलाई सधैं मोहित पारेको बताएका छन् ।

संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई मंगलबार सम्बोधन गर्दै महासचिव गुटेरेसले आफू यसअघि सन् १९७८ मा पहिलो पटक नेपालमा आएको क्षणको स्मरण समेत गरे ।

उनले नेपाल आफ्नो लागि सधैं उत्कृष्ट गन्तव्य रहेको बताउँदै लुम्बिनीबाट यसले शान्तिको सन्देश दिएको बताए । तर, शान्तिको देशले आफू सहभागी नभएको युद्धमा निर्दोष नागरिक गुमाएको भन्दै उनले पछिल्लो इजरायल घटनाको निन्दा समेत गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७