५८ वर्षमा लागे शाहरूख, मन्नत बाहिरका फ्यानहरूलाई मध्यरात सरप्राइज


१६ कार्तिक २०८०, बिहीबार
SRK E2023 11 02 09 11 38

मुम्बइ । बलिउडका किङ्ग खान अर्थात् शाहरुख खान आजबाट ५८ वर्षमा लागेका छन् । अभिनेता खानको जन्मदिन उनका फ्यानका लागि पर्व भन्दा कम हुँदैन । हरेक पटकझै यस पटक पनि बलिउडका बादशाहका हजारौं फ्यान सुपरस्टारको एक झलक पाउन र उनलाई जन्मदिनको शुभकामना दिन मन्नत बाहिर ठूलो संख्यामा जम्मा भएका छन् ।

किंग खान पनि गए राति आफ्नो घरको बालकनीमा आएर फ्यानहरुलाई बधाई तथा जन्मदिनको शुभकामना दिएकोमा धन्यवाद दिएका छन् । सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा मन्नतको गेटबाहिर फ्यानहरूको लाइन देख्न सकिन्छ । उनीहरुमध्ये कोही फोनबाट तस्वीर र भिडियो खिचिरहेको देखिएका थिए भने कसैको हातमा किङ खानको पोस्टर थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७