यूएईद्वारा हङकङ पराजित, नेपालसँग भोलि सेमिफाइलन खेल्ने


१६ कार्तिक २०८०, बिहीबार
ua

काठमाडौँ । आइसिसी ट्वान्टी–२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा संयुक्त अरब इमिरेट्स (युएई) ले हङकङलाई हराउँदै विजयी भएको छ ।

माथिल्लो मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा हङकङलाई २२ रनले पराजित गर्दै युएई समूह ‘बी’को विजेता बन्न सफल भयो । यो जितसँगै युएईले भोलि हुने सेमिफाइनल खेलमा नेपालसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल समूह ‘ए’ को उपाविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । जितको लागि एक सय ७७ रनको विजयी लक्ष्य पछ्याएको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ५४ रनमा समेटियो ।

हङकङका लागि अन्स्या राथले सर्वाधिक ५९ रनको योगदान दिए । उनले ४७ बलमा ८ चौकासहित सर्वाधिक ५९ रन बनाएका हुन् । त्यस्तै एजिज खानले २६ निजाकत खानले २५, तथा नस्रुल्लाह रानाले १३ रन बनाए । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । युएईका अली नासिर र जहुर खानले समान दुई विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७६ रनको योगफल बनाएको थियो । युएईका लागि बासिल हामिद सर्वाधिक ५१ रनका योगदान दिए । उनले २९ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ५१ रन बनाएका हुन् ।

कप्तान मोहम्मद वासिमले २४ बलमा ५ चौका र ३ छक्कासहित ४६ रन जोडे । एलिशान शराफुले २४ बलमा २ चौका र २ छक्कासहित ३४ रन बनाए । वृत्य अरविन्द्यले १९ रन जोड्दा खालिद शाह ६ तथा आसिफ खान ४ रनमा आउट भए । हङकङका यासिम मुर्तजाले तीन विकेट लिए भने नस्रुल्लाह रानाले दुई विकेट लिए । त्यस्र्तै एहसान खानले एक विकेट लिए । यो जितसँगै यूएईले भोलि हुने सेमिफाइनल खेलमा नेपालसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल समूह ‘ए’ को उपाविजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७