डोटीमा जीप दुर्घटना हुँदा चारको मृत्यु, पाँच जना घाइते


१९ कार्तिक २०८०, आईतवार
jip accident WPR4BZWZFu

डोटी । डोटीको शिखर नगरपालिका–६ मा जीप दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । कैलालीको धनगढीबाट बाजुरातर्फ जाँदै गरेको ग २ च २७७६ नम्बरको बोलेरो जीप के आईसिंह राजमार्ग अन्तर्गतको अडेउल भन्ने ठाउँमा जीप दुर्घटना भएको छ ।

दुर्घटनामा बाजुरा हिमाली गाउँपालिका–५ का २२ वर्षीया राधिका मलाल, ३२ वर्षीया धनशोभा बुढा, धनशोभाका अन्दाजी ६ वर्षीया छोरा कविन्द बुढा र अन्दाजी ८ महिनाकी प्रार्थना भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी निशान्त श्रीवास्तवले जानकारी दिए ।

दुर्घटनामा परी पाँच जना घाइते भएका छन् । घाइते हुनेहरूमा बाजुराको हिमाली गाउँपालिका–५ का २१ वर्षीया विमला मलाल, ३० वर्षीय प्रकाश बुढा थापा, २३ वर्षीय खोम बहादुर मलाल, २४ वर्षीय दान बहादुर बुढा र २१ वर्षीय राज बहादुर मलाल रहेका छन् ।

घाइतेमध्ये विमला मलालको टाउकोमा र छातीमा चोट लागेको तथा अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । जीप चालक बाजुरा गौमुल गाउँपालिका–४ का २९ वर्षीय महेश बुढा प्रहरी नियन्त्रणमा रहेको सूचना अधिकारी श्रीवास्तवले बताए । घाइतेलाई उपचारको लागि डोटी दिपायलमा रहेको शैलेश्वरी अस्पताल पिपल्लामा उपचार भइरहेको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७