रक्सीले मातेर गायक सुगम पोख्रेलले अष्ट्रेलिया देखाए ‘ताण्डव’, दर्शकलाई हाने माइकको झट्टी (भिडियो)


१९ कार्तिक २०८०, आईतवार
sugam

काठमाडौं । चर्चित गायक सुगम पोखरेलले अष्ट्रेलियाको एडिलेडमा आयोजित एक कन्सर्टमा रक्सीले मातेर ‘ताण्डव’ मच्चाएका छन् । रक्सीले टिल्ल भएर गीत गाउन स्टेज चढेका उनको भिडियो अहिले टिकटकमा ‘भाइरल’ भइरहेको छ ।

भिडियोमा सुरूबाटै सुगमको बोली–व्यवहार असन्तुलित र उत्तेजक देखिन्छ भने उनले आफ्नो कार्यक्रम हेर्न आएका दर्शकलाई अपमानित समेत गरेका छन् । ‘झिल्के’ भन्ने गीत एकचोटि गाउँ न त’ भन्दै उनले बोल्न सुरु गर्छन् । दर्शकले ‘झिल्के‘ झिल्के‘ ’ भन्दै कराउँछन् । पोखरेलले नेपालमा भूकम्प गएर मानिसहरु मरेको भन्दै दर्शकलाई शान्त हुन भन्छन् । उनले लर्बरिएको स्वरमा भनेका छन्, ‘मलाई नरमाइलो लागिराखेको छ । नेपालमा १३० भन्दा बढी मान्छे मरेका छन् । हामी एकछिन मौन धारण गरौं ।’

उनी माइक समातेर मौन धारण गर्न खोज्छन् । तर, सक्दैनन् । दर्शक पनि हल्ला गरिरहेकै हुन्छन् । मौनधारण यत्तिकै छोडेर पोखरेलले माइक मुखमा लैजान्छन् र झ्यापको सुरमा गुन्गुनाउँछन् ‘बुइनी कमला, बिमला त पोइला गइन् दोकान सम्हाल ।’

पोखरेलको यो शैलीले दर्शकमा होहल्ला बढ्दै जान्छन् । त्यसपछि उनी उत्तेजिन हुन्छन् । ‘ए भाइ, तिमीलाई मा कसम झट्टी हान्छु’ यो भाइलाई बोला त ओइ यो तालुवाला भाइलाई ।’ त्यसपछि उनी होस गुमाएर स्टेजबाट तल हाम्फाल्छन् । स्वयंसेवकले रोक्दा रोक्दै उनले ती दर्शकलाई माइकले झट्टी हान्छन् र गालीगलौज गर्छन् । उनलाई बल्लतल्ल त्यहाँबाट निकालेर फेरि स्टेजमा लगिन्छ ।

फेरि पनि सुगमले अर्को माइल दर्शकतिर हुर्‍याउँछन् । त्यसपछि भने उनलाई स्टेजबाट निकालिन्छ ।
सुगमको यो व्यवहारको चौतर्फीरूपमा आलोचना भइरहेको छ । कार्यक्रम आयोजकले पनि खेद प्रकट गरेका छन् । कार्यक्रमका उद्घोषक रुद्र उपाध्यायले घटनाबाट लज्जित भएको बताएका छन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै दुःख व्यक्त गरेका छन् ।

‘मलाई त्यो परिस्थितिलाई ह्याण्डल गर्न गाह्रो परेको थियो । मैले कुनै पनि चर्चित व्यक्तिबाट यस्तो हर्कतको सामना गरेको थिइनँ ।’ उनले अब आइन्दा यस्ता कार्यक्रममा नेपालबाट अतिथि निम्त्याउँदा उनीहरूको बानी व्यहोराबारे राम्ररी बुझ्नुपर्ने सुझाव दिएका छन् ।

@dumbboy690

Kalakar: Raastra ko Gahana #sugampokhrel #sugampokharelfight #nepal #nepalimuser #goviral #tiktoknepalaustralia #tiktoknepalusa

♬ original sound – Viral Nepal

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७