प्रहरी कार्यालय पुगेका दुर्गा प्रसाईंसँग सोधपुछ

‘प्रहरीले तपाईको भाषाले देशको माहौंल बिग्रिंदैछ भन्नु भयो, मैले गरिबको भाषा बोलेको हुँ भने’


१९ कार्तिक २०८०, आईतवार
durga prasai

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं आज (आइतबार) प्रहरी कार्यालयमा उपस्थित भएका छन् । आज दिउँसो उनी नेपाल प्रहरीको साइबर ब्यूरोमा उपस्थित भएका हुन् । साइबर ब्यूरोले व्यवसायी प्रसाईंसँग सोधपुछ गरेको छ ।

प्रसाईंलाई आइतबार दिउँसो भोटाहिटीस्थित साइबर ब्यूरोमा बोलाएर केहीबेर सोधपुछ गरिएको प्रहरीले जानकारी दिएको छ । ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक पशुपतिकुमार रायले अनुसन्धान अधिकृतले केही विषयमा बुझ्नका लागि प्रसाईंलाई बोलाएको जानकारी दिएका छन् ।

‘केही कुरा भेरिफाइ गर्नुपर्ने भएकाले अनुसन्धान अधिकृतले बोलाउनु भएको थियो,’ उनले सुनाए । प्रसाईलाई के विषयमा सोधपुछ गरिएको हो भन्नेबारे प्रहरीले खुलाएको छैन । साइबर ब्यूरोबाट फर्किएपछि प्रसाईंले आफूले धेरै बोलेकाले प्रहरीले नबोल्न आग्रह गरेको बताएका छन् । ‘मलाई पक्रेर बाहिर गएका युवाहरू फर्किएर आउँछन् भने थुन्नु भनेको छु । बोल्दाखेरि तपाईंको भाषाले देशको माहोल बिग्रिँदैछ भनेर उहाँहरूले भन्नुभयो । गरिबको भाषा बोलेको हुँ भनेर मैले भनें,’ प्रसाईंले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७