एनआईसी एशिया बैंकद्वारा भूकम्पपीडितका लागि ५१ लाख सहयोग हस्तान्तरण


२१ कार्तिक २०८०, मंगलवार
PR on handing over of NPR 51 lakh to PM Disaster Relief Fund photo 1 scaled

काठमाडौं । एनआईसी एशिया बैंकले जाजरकोट भूकम्प प्रभावित क्षेत्रका जनताका लागि ५१ लाख रुपैयाँ प्रदान गरेको छ । बैंकले प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा जम्मा हुने गरी ५१ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो ।

उक्त रकम बराबरको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सोमबार एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरेका हुन् ।

यही कात्तिक १७ गते राति कर्णाली प्रदेशको जाजरकोट जिल्ला केन्द्र विन्दु भई गएको विनाशकारी भूकम्पले जाजरकोट, रुकुमपश्चिमलगायत वरपरका जिल्लामा ठूलो जनधनको क्षति भएको थियो । उक्त विनाशकारी भूकम्पबाट प्रभावित जनतालाई राहत उपलब्ध गराउनका लागि बैंकले ५१ लाख रुपैयाँ प्रदान घोषणा गरेको थियो । सोही प्रतिबद्धताअनुरुप बैंक उक्त रकमबराबरको चेक आज सोमबार हस्तान्तरण गरेको हो ।

हाल यस बैंकले नेपालभर रहेका आफ्ना ३६० शाखा कार्यालयहरू, ६४५ एटीएम, ११० वटा विस्तारित काउन्टर एवं ६१ वटा शाखारहित शाखा सञ्जालमार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७