गोर्खा ब्रुअरीले भूकम्पपीडितका लागि सरकारलाई दियो एक करोड


२२ कार्तिक २०८०, बुधबार
bru

काठमाडौँ । गोर्खा ब्रुअरी प्रालिले भूकम्पपीडितका पुनर्स्थापनाका लागि नेपाल सरकारलाई एक करोड रुपैयाँ सहयोग गरेको छ । उक्त रकमको चेक गोर्खा ब्रुअरीका उप–प्रबन्ध निर्देशक (डीएमडी) सुरेन्द्र सिलवालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गरेका छन् ।

प्रधानमन्त्रीले यस चुनौतीपूर्ण समयमा स्वस्फुर्त रूपमा गरिएको सहयोगलाई धन्यवाद दिए । डीएमडी सुरेन्द्र सिलवालले गोर्खा ब्रुअरीले देशलाई विपद्को घडीमा सहयोग गर्न पाएको भन्दै सन्तुष्टि व्यक्त गरे । उनले यस अघि पनि गोर्खा ब्रुअरीले देशमा आइपरेको प्राकृतिक विपत्तिहरूमा उल्लेख्य सहयोग गर्दै आएको, विशेष गरी कोरोना महामारी र २०७२ को महाभूकम्पपछि कर्पोरेटहरू मध्येबाट सबैभन्दा ठूलो सहयोग गरेको उल्लेख गरे ।

यस ब्रुअरीद्वारा उत्पादित नेपालको सबैभन्दा धेरै बिक्ने र लोकप्रिय कार्ल्सबर्ग, टुबोर्ग र गोर्खा बियर जस्ता ब्रान्डहरूद्वारा नेपालमा संगीत, खेलकुद लगायत अन्य विभिन्न क्षेत्रहरूको विकासमा सहयोग पुर्‍याउँदै आएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७