कल्लाबारी गाउँमा ढकमक्क फुलेको सयपत्री


२३ कार्तिक २०८०, बिहीबार
Flower tihar ktm 3 scaled

काठमाडौँ नागार्जुन नगरपालिका –६ स्थित कल्लाबारी गाउँमा किसानले बारीमा व्यावसायिक रुपमा गरेको फूल खेतीमा ढकमक्क फुलेको सयपत्री फूल । यहाँका धेरै किसानले व्यावसायिक रुपमा फूल खेती गरेर राम्रो आम्दानी गर्ने गरेका छन् ।

Flower tihar ktm 1 1

नजिकिंदो तिहारका कारण अहिले किसानले फूल टिप्ने, माला गाँस्ने र बजारमा पुर्‍याउने प्रबन्ध मिलाउने चटारो छ । पछिल्लो समय नेपालका विभिन्न जिल्लाहरुमा फूलको व्यावसायिक खेती हुन थालेको छ । जसका कारण विगतका वर्षहरुमा भन्दा भारतबाट आयात हुने फूलको परिमाण घट्दै गएको छ । तस्वीर : हरिराम भेटुवाल / रासस

Flower tihar ktm 2 1
Flower tihar ktm 4

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७