प्रधानमन्त्री प्रचण्डसँग सीपीसीका तिब्बत सचिव वाङको भेटवार्ता (तस्वीर)


२३ कार्तिक २०८०, बिहीबार
wang 2

काठमाडौँ । पाँच दिनको नेपाल भ्रमणमा आएका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का तिब्बत स्वायत्त क्षेत्रका सचिव (सेक्रकेटरी) वाङ छुङछेङ र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।

wang 1

आज (बिहीबार) प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सचिव वाङ छुङछेङ लगायतको टोली सहभागी थियो । भेटमा दुई देशबीचको आपसी सहकार्य र आपसी हितका बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । वाङले हिजो काठमाडौं उत्रिए लगतै वाङले उपराष्ट्रपति रामसहाय यादवलाई भेटेका थिए ।

wang prachanda 1 NjafKf9N7J

लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको भेटमा उनीहरूबीच नेपाल र चीन सम्बन्धका विविध आयामबारे छलफल भएको थियो । वाङ बुधबारदेखि नेपाल भ्रमणमा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७