चरम निरासामा थिइन् अभिनेत्री दिपाशा, विष सेवनबाट मृत्यु

मिटरब्याजमा लिएकी थिइन् ऋण


२३ कार्तिक २०८०, बिहीबार
Dipasha Bc Jalpari

काठमाडौ । अभिनेत्री तथा मोडल दिपाशा बिसी ‘जलपरी’ ले आत्महत्या गरेकी छिन् । उनले बुधबार राति विष सेवन गरेकी थिइन् । उनलाई राति नै नर्भिक अस्पतालमा भर्ना गरिएकोमा अस्पतालले बिहान मृत घोषित गरेको हो । उनले उडुस मार्ने औषधि खाएकी थिइन् । उनलाई सिकिस्त अवस्थामा अस्पताल पुर्‍याइएको थियो । उनलाई सँगै बस्ने भाइ र बहिनीले अस्पताल पु¥याएका थिए ।

निकटस्थका अनुसार उनी केही समयदेखि आर्थिक समस्यामा दिइन् । उनले मिटर ब्याजमा ऋण लिएको र तिर्न नसकेको बताइएको छ । दिपाशाले केही दिनयता सामाजिक सञ्जालमा निरासाजनक विचारहरु पोष्ट गर्दै आएकी थिइन् । सुर्खेत घर भएकी दिपाशा आर्थिक समस्याबाट गुज्रिरहेको बुझिएको छ । केही समयअघि उनले मिटरब्याजमा ठूलो परिमाणमा ऋण लिएकी थिइन् । उक्त ऋणको ब्याज सय गुणासम्म बढेपछि उनले तिर्न नसकेको स्रोतको भनाइ छ । उनले कलाकारिता क्षेत्रका केही व्यक्तिहरुसँग आर्थिक सहयोग समेत मागिरहेकी थिइन् ।

दिपाशा म्यूजिक भिडिओमा पनि सक्रिय दिइन् । यस्तै उनले काठमाडौं मलमा आफ्नै ब्यूटिपार्लर समेत सञ्चालन गर्दै आएकी थिइन् । बाहिरबाट आर्थिक स्रोत राम्रै देखिए पनि उनी कसरी समस्यामा परिन् भन्ने अहिलेसम्म खुलेको छैन । स्रोतका अनुसार केही महिनाअघि उनको ब्रेकअप पनि भएको थियो । त्यसपछि उनी विक्षिप्त हुन थालेकी थिइन् ।

कलाकारिताभन्दा बाहिरका पुरुषसँग उनी प्रेममा थिइन् । दिपाशाले केही दिनदेखि सामाजिक सञ्जालमा निराशाले भरिएका पोस्टहरु गर्दै आएकी थिइन् । हिजो टिकटकमा उनले एउटा एकतर्फी प्रेमसम्बन्धी संवाद रहेको अडिओमा टिकटक बनाएर लेखेकी थिइन्, ‘बस पुग्यो अब सबै ।’
चार दिनअघि उनले फेसबुकमा यस्तो भावुक स्टाटस लेखेकी थिइन्

जिन्दगी त हाँसेर जिउने हो
सायद कहिलेकाहीँ कल्पनाभन्दा बाहिरको
आगमनले जिन्दगी तहस नहस बनाउने रहेछ
कहिलेकाहीँ समयले मान्छेको अनेक रुप देखाउँछ
बस अब कसैप्रति बिश्वास गर्ने छैन र
बारबार टुट्ने छैन
विश्वास, माया, अनि सबन्ध सबै फ्लिम मै ठीक छ
यथार्थमा जिन्दगीमा सहन गाह्रो छ सबै

केही दिनअघि उनले लेखेको अर्को स्टाटस थियो

जीवन आफूभन्दा बढी महत्व कसैलाई नदिनु हो
यो संसारमा सबैभन्दा विश्वासिलो त
मृत्यु मात्र रहेछ जसले आजसम्म कसैलाई
धोका दिएको छैन

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७