काठमाडौं महानगरभित्र राति १ बजेसम्म देउसी–भैलो खेल्न पाइने


२४ कार्तिक २०८०, शुक्रबार
deu2si

काठमाडौं । यो वर्षको तिहारमा काठमाडौं महानगरपालिकाभित्र राति १ बजेसम्म देउसी भैलो खेल्न पाइने भएको छ । महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले आज (शुक्रबार) सामाजिक सञ्जालमा यसबारे जानकारी गराएका छन् ।

महानगर प्रहरीले राति १ बजेसम्म सुरक्षाका निम्ति ‘पेट्रोलिङ’को व्यवस्था मिलाएको उनले उल्लेख गरेका छन् । सो समयसम्म मर्यादित भएर देउसीभैलो खेल्न उनले अनुरोध गरेका छन् । सोहीअनुसार नेपाल प्रहरी र जिल्ला प्रशासन कार्यालयलाई सुरक्षाको व्यवस्था मिलाउन समेत उनले आग्रह गरेका छन् ।

‘विगतको वर्षहरूमा कोभिडको कारण तथा सुरक्षाको कारणले गर्दा तिहारमा देउसीभैलो खेल्ने समय काठमाडौं महानगरभित्र राति ९ बजेसम्म मात्र खेल्न अनुमति दिइएको थियो’, मेयर बालेनले फेसबुकमा लेखेका छन्, ‘यो वर्ष काठमाडौं महानगर नगर प्रहरीले राति १ बजेसम्म सुरक्षाको लागि पेट्रोलिङको व्यवस्था मिलाएको छौँ र सोही समयसम्म मर्यादित भएर देउसीभैलो खेलीदिनु हार्दिक अनुरोध गर्दछौँ । सोहीअनुरूप नेपाल प्रहरी तथा जिल्ला प्रशासन कार्यालयलाई सुरक्षाको प्रबन्ध मिलाउन हार्दिक अनुरोध गर्दछौँ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७