कञ्चनपुरमा श्रीमान–श्रीमती नै मृत्त भेटिए

तिहारको मुखमा तीन वर्षीया छोरी बनिन् टुहुरी


२६ कार्तिक २०८०, आईतवार
latest News nayapage1 scaled

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका–१ बिनवारीमा एक दम्पति मृत्त भेटिएका छन् । उनीहरु तिहारको मुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीले आइतबार बिहान बिनवारीका २६ वर्षीय श्यामकुमार राना र २५ वर्षीया पुष्पा राना मृत फेला परेको जानकारी दिए । ‘श्रीमान–श्रीमती दुवै प्लाष्टिकको डोरीले झुण्डिएको अवस्थामा फेला परेका छन्, उनले भने, ‘घटनास्थलसहित दुवै पक्षका आफन्तलाई बोलाएका छौँ, घटनाबारे थप अनुसन्धान भइरहेको छ ।’

सँगै बाँच्ने र सँगै मर्ने कसम खाएर वैवाहिक जीवनमा बाँधिएको यो जोडीले तिहारकै मुखमा प्राण त्याग गरेसँगै घर परिवार, माइती पक्ष र गाउँ नै शोकमा डुबेको छ । उनीहरूले तीन वर्षीया छोरीलाई टुहुरो बनाएर छाडेका छन् । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनाको खास कारण शवको पोष्टमार्टम गरेपछि पत्ता लाग्ने प्रहरीको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७