राति १ बजेसम्म मात्र देउसी खेल्न बालेनको सूचना, प्रहरी भन्छ–२४ घण्टै ढुक्कले खेले हुन्छ


२६ कार्तिक २०८०, आईतवार
FINAL.00 07 01 15.Still011 1

काठमाडौं । तिहारमा नागरिकको सुरक्षाका लागि सुरक्षा व्यवस्था मजबुत बनाएको काठमाडौं प्रहरीले बताएको छ ।
दशैंँमा बनाएको सुरक्षा योजनालाई निरन्तरता दिने र जहाँ सुरक्षा जोखिम, चोरी लुटपाट जस्ता घटनाहरु हुन्छन् त्यस्ता ठाउँहरुलाई मध्यनजर गरेर विशेष सुरक्षा प्रवन्ध मिलाएको काठमाडौं प्रहरीले जनाएको हो ।

काठमाडौँ प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भूपेन्द्रबहादुर खत्रीले तिहारमा सुरक्षित, व्यवस्थित र मर्यादित ढङ्गले चौबीसै घण्टा ढुक्कले देउसी भैलो खेल्दा हुने बताएका छन् । उनले जथाभावी पटाका पड्काउँदा आगलागी हुने जस्ता घटना हुनसक्ने भन्दै त्यस्तो नगर्न पर्ने आग्रह गरेका छन् । उनले लक्ष्मी पूजाका दिन बहुमूल्य गहरगहना प्रदर्शन नगर्न समेत अनरोध गरे । उनले सुरक्षा प्रवन्ध गर्ने प्रहरीको मात्रै जिम्मेवारी नभएर आम नागरिकको पनि भएको भन्दै प्रहरी २४ घण्टा नागरिकको सुरक्षाको लागि खटिरहेको बताए ।

उनले सुरक्षा प्रवन्ध मजबुत बनाउन कुनै कसर बाँकी नराखेको बताए । उनले काठमाडौंमा आफ्नो संस्कृति अनुसार खेल्ने देउसीभैलो खेल्नको लागि कुनै सीमित समय नतोकिएको बताए । उनले प्रहरी र सुरक्षा समितिले काठमाडौमा २४ घण्टा सौहार्दपूर्ण वातावरणमा देउसी भैलो खेल्न खुला गरेको भन्दै कसैले समय तोकि अवरोध गरे प्रहरीलाई खबर गर्न आग्रह गरे ।

उनले प्रहरी २४ घण्टा सुरक्षा दिन तयार रहेको बताए । महानगरका प्रमुख बालेन्द्र साहले १ बजेसम्म देउसीभैलो खेल्न सुरक्षा व्यवस्था गरिको भन्ने भनाईप्रति लक्षित गर्दै काटमाडौं प्रहरी प्रमुख खत्रीले राति १ बजेसम्म देउसीभैलो खेल्न सुरक्षा प्रवन्ध महानगरपालिकाले गरेको भने पनि कानूनको शासन हुने देशमा कानून कार्यान्वयन गर्ने निकाय नेपाल प्रहरी भएको बताए ।

उनले नागरिकहरुले कुनै उश्रृंखल क्रियाकलाप नगरी सौहार्दपूर्ण रुपमा खेल्न आवश्यक रहेको बताए । उनले भने, ‘तिहारको संघारमा हामी छौं । दशैंमा बनाएको सुरक्षा योजनालाई निरन्तरता दिने र जहाँ सुरक्षा जोखिम हुन्छ वा जहाँ चोरी लुटपाट जस्ता घटनाहरु हुन्छन् त्यस्ता ठाउँहरुलाई मध्येनजर गरेर दशैंको जस्तै विभिन्न सुरक्षा प्रवन्ध मिलाएका छौं । सुरक्षा प्रवन्ध गर्नु नागरिक दायित्व पनि हुन्छ । प्रहरी प्रधानकार्यालय र उपत्यका प्रहरी कार्यालयले सार्वजनिक रुपमा तिहार जस्ता पर्वहरुमा सुरक्षित,व्यवस्थित र मर्यादित ढङ्गले मनाउन आग्रह गर्दछौं । जथाभावी पट्याका पड्काउँदा आतेस बाजी हुने,आगलागी हुने जस्ता घटना,लक्ष्मी पुँजा बहुमूल्य गहरगहना प्रदर्शन गर्ने जस्ता कुराहरुलाई मध्येनगर गरी अपिलहरु गरेका छौं ।’

‘काठमाडौंवासी आमाबुबा दिदीबहिनीहरुलाई सुरक्षा प्रवन्ध गर्ने प्रहरीको मात्रै जिम्मेवारी नभएर आम नागरिकको पनि हो । त्यसैले प्रहरी २४ घण्टा नागरिकको सुरक्षाको लागि खटिरहेका छौं र सुरक्षा प्रवन्ध मजबुत बनाउन कुनै कसर बाँकी राखेका छैनौं । काठमाडौंमा आफ्नो संस्कृतिअनुसार खेल्ने देउसीभैलो खेल्नको लागि कुनै सिमित समय तोकेका छैनौं । प्रहरी र सुरक्षा समितिले काठमाडौमा २४ घण्टा सौभार्दपूर्ण वातावरणमा देउसीभैलो खेल्न खुला रहेको छ । प्रहरी २४ घण्टा सुरक्षा दिन तयार रहेको छ । तर नागरिकहरुले कुनै उश्रृंखल क्रियाकलाप नगरी सौहार्दपूर्ण रुपमा खेल्न आवश्यक छ । राति १ बजेसम्म देउसीभैलो खेल्न सुरक्षा प्रवन्ध महानगरपालिकाले गरेको भने पनि कानूनको शासन हुने देशमा कानून कार्यान्वयन गर्ने निकाय नेपाल प्रहरी हो । चाडपर्व तथा अन्य विषयमा सुरक्षा प्रवन्ध गर्ने जिम्मा नेपाल प्रहरीले पाएको हुन्छ । सुरक्षाको लागि प्रहरीले के गर्दा नागरिक सुरक्षा प्रदान गर्न सकिन्छ भनेर प्रयास गर्छौं ।’

उनले भने, ‘विशेष सुरक्षा योजना बनाएर रातीसम्म दैसीभैलो खेल्दा भिडभाड हुने र झगडा हुनसक्ने क्षेत्रमा प्रहरी सुरक्षा बढी नै परिचालन गरिनेछ । भीडभाड र आर्थिक गतिविध हुनु क्षेत्रमा ड्रोनको प्रयोग गरेर कुनै घटना वा दुर्घटना नहुने गरी सुरक्षा व्यवस्था मिलाएका छौं । आम नागरिकको सुरक्षा दिनु राज्यको जिम्मेवारी हो । नेपाल प्रहरी यसको लागि सक्षम छ । कसैले कुनै समय तोकेर अवरोध गर्न खोज्नुभयो भने नेपाल प्रहरीको १०० र काठमाडौं प्रहरी प्रमुखलाई नै फोन गरेर जानकारी दिन सक्नु हुनेछ ।’

उनले विशेष सुरक्षा योजना बनाएर रातिसम्म दैसीभैलो खेल्दा भिडभाड हुने र झगडा हुनसक्ने क्षेत्रमा प्रहरीहरुको बढी नै परिचालन गरिने बताए । उनले भीडभाड र आर्थिक गतिविध हुनु क्षेत्रमा ड्रोनको प्रयोग गरेर कुनै घटना वा दुर्घटना नहुने गरी सुरक्षा व्यवस्था मिलाएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७