‘दिमाग खराब’ को टिमले चलचित्र प्रदर्शन नरोक्ने, अर्को वार्ता मंसिर ५ मा


३० कार्तिक २०८०, बिहीबार
an

काठमाडौं । चलचित्र ‘दिमाग खराब’ का निर्माताहरु र नेपाल चलचित्र संघको कार्य समितिबीच भएको छलफल सकारात्मक भएपछि आगामी मंगलबारसम्म प्रदर्शन नरोकिने भएको छ ।

सहमतिअनुसार मंगलबार अन्य बाँकी बुँदाहरुमा पनि छलफल गरी निष्कर्षमा पुग्ने सहमति भएकाले मंसिर ५ गतेसम्म पूर्ववत रुपमा नै चलचित्र ‘दिमाग खराब’ को प्रदर्शन हुने संघका महासचिव नरेन्द्र महर्जनले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
निर्माण पक्षले हिन्दी चलचित्रकै बराबर सो नपाए शुक्रबारदेखि ‘दिमाग खराब’ को प्रदर्शन रोक्ने बताएका थिए ।

nis

बुधबार दिउँसो सामाजिक सञ्जाल फेसबुक लाइभमा आएका निर्देशक निश्चल बस्नेतले हलहरूले विभेद गरेको भन्दै माग पूरा नभए शुक्रबारबाट चलचित्र प्रदर्शन रोक्ने चेतावनी दिएका थिए । ‘दिमाग खराब’ टिमले विदेशी चलचित्र बराबर नै शो पाउनुपर्ने र आम्दानीको ५० प्रतिशत हिस्सा निरन्तर प्राप्त हुनुपर्ने दुईवटा शर्त अघि सारेको छ ।

d

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७