माओवादी नेता बर्तौलामाथि खुकुरी हान्ने समूहका तीन जना पक्राउ


१ मंसिर २०८०, शुक्रबार
Tek bahadur Sher bahadur Ashais1700217491

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनक बर्तौलामाथि खुकुरी प्रहार (हान्ने) समूहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । गएको २२ कात्तिकमा बानेश्वरस्थित आइपेक्स मल नजिकै अखिल नेपाल खेलकुद महासंघका उपाध्यक्ष समेत रहेका बर्तौलामाथि खुकुरी प्रहार भएको थियो । सो घटनामा संलग्न रहेका आरोपितलाई प्रहरीले इलामको पशुपतिनगर पक्राउ परेको हो ।

बाँकेका शेरबहादुर थारु र आशिष लामिछाने मगर र झापाका कैलाश भन्ने टेकबहादुर प्रधानलाई प्रहरीले पक्राउ गरी कर्तव्य ज्यान उद्योगमा अनुसन्धान अगाडि बढाएको छ । प्रहरीका अनुसार आक्रमणमा संलग्नहरुले बर्तौलामाथि सांघातिक आक्रमण गर्ने योजनाअनुसार तीन महिनादेखि नै घर, कार्यालय, जिम लगायतको निगरानी गरेका थियो । तीनै जानलाई जिल्ला अदालतले १० दिन थुनामा राख्न अनुमति दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७