प्रहरी हवल्दार राई मृत भेटिए


५ मंसिर २०८०, मंगलवार
Nepal Police

झापा । नेपाल प्रहरीका हवल्दार सप्तराज राई मृत भेटिएका छन् । झापाको हल्दिबारी गाउँपालिका– ५ स्थित त्रिवेणी टोल निवासी ४२ वर्षीय प्रहरी हवल्दार राई आफ्नै घरमा झुण्डिएको अवस्थामा मंगलबार बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

इलाका प्रहरी कार्यालय डोरिया मोरङ दरबन्दी भई हाल अस्थायी प्रहरी चौकी डाम्राभिट्टामा कार्यरत राई बिदा लिएर सोमबार साँझ घर फर्किएका थिए । प्रहरीका अनुसार घर आएका उनले अत्याधिक मदिरा सेवन गरी राति परिवारसँग झै–झगडा गरेको छिमेकीले बताएका छन् । श्रीमती र छोरीहरूसँग झगडाका गरेकै राति उनी आफ्नो सुत्ने कोठामा फलामको बलोमा खादा (कपडा) को पासो लगाई झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

आज बिहान श्रीमतीले श्रीमान् झुण्डिएको अवस्थामा देखेपछि तत्काल छरछिमेकलाई खबर गरेका थिए । त्यसपछि घटनास्थलमा प्रहरी टोलीले पुगेका थिए । मृतक राईका श्रीमती, १५, १२ र ४ वर्षका तीन जना छोरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापाको टोली घटनास्थल पुगेर कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ । यता प्रहरीले घटनाको बारेमा थप अनुसन्धान गरिरहेको प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७