बोरामा हात–खुट्टा बाँधेर फालेको अवस्थामा महिला र पुरुषको शव फेला


६ मंसिर २०८०, बुधबार
chitwan hatya

चितवन । चितवनको भरतपुर महानगरपालिका–१२ मिलनचोकमा राजमार्ग नजिकै दुईटा शव भेटिएको छ । सडकको पुलमुनि दुईवटा बोरामा महिला र पुरुष शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

मृतकको सनाखत नभएको र उमेर अन्दाजी ३०/३५ वर्षको जस्तो देखिने घटनास्थलमा नै रहेका चितवनका प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिएका छन् ।

शव दुई वटा बोरामा बाँधेर फालेको अवस्थामा भेटिएको हुँदा शङ्कास्पद भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डित बताए । हात–खुट्टा बाँधेर बोरामा हालेर फालेको अवस्थामा शव भेटिएको र घटनाको अनुसन्धान सुरु गरिएको प्रवक्ता पण्डितले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७