सामुहिक बलात्कार आरोपमा तीन युवक पक्राउ


६ मंसिर २०८०, बुधबार
Rape 2

बाँके । बाँकेमा सामुहिक बलात्कारको आरोपमा तीन युवक पक्राउ परेका छन् । २० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मंगलबार दिउँसो प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

खजुरा गाउँपालिका–१, जलपोखरीका २० वर्षीय युवराज राना, २० वर्षकै समीर थापा र २२ वर्षीय प्रविण थापालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अर्का आरोपित बाँकेकै जानकी गाउँपालिका–२, चौधरीपुरका २० वर्षीय सन्देश थापा क्षेत्री फरार छन् । प्रहरीले उनको खोजी गरिरहेको छ । गएको कात्तिक ३० गते ती महिलालाई खजुरा–१, जलपोखरीस्थित अरहरी बारीमा लगेर उनीहरूले बलात्कार गरेको आरोप छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७