सामुदायिक वनका पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा


६ मंसिर २०८०, बुधबार
Akhtiyar

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेपलाञ्चोकको धारापानी हिले सामुदायिक वन उपभोक्ता समूहका तीन पदाधिकारीविरुद्ध ९ लाख बढी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।

अख्तियारले भुम्लु गाउँपालिका–४ स्थित सामुदायिक वनका अध्यक्ष चन्द्रसिंह लामा, संगीता चौलागाईं र माधवप्रसाद चौलागाईंविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

समूहका तीनै पदाधिकारीले आपसी मिलोमतो गरी संयुक्त दस्तखतबाट उपभोक्ता समूहको बैंकमा रहेको खाताबाट बदनियतपूर्वक रकम झिकेर दुरूपयोग गरेको अख्तियारको ठहर छ । ९ लाख १३ हजार २८० रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको आरोप छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७